29.7 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

पर्सामा रास्वपाको क्लिन स्वीपपछि हरि पन्तको आभार सन्देश

वीरगंज,२७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएपछि पर्सा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तले मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि पन्तले धन्यवाद तथा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेका हुन्। उनले पर्साका चारै क्षेत्रबाट पार्टीका उम्मेदवारहरू विजयी हुनु परिवर्तनको स्पष्ट संकेत भएको बताएका छन्।

जारी सन्देशमा उनले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदमा मलाई सहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता, साथीहरू तथा परिवारका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

पन्तले मतदाताको विश्वास र समर्थनकै कारण देशभर परिवर्तनको लहर सिर्जना भएको दाबी गर्दै आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “तपाईंहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभर परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

उनका अनुसार आगामी दिनहरूमा आफू सहित पर्साका चारै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गर्ने तथा विधिको शासन स्थापना गर्न प्रतिबद्ध भएर काम गर्नेछन्। देशलाई समृद्धि र प्रगतिको मार्गमा अघि बढाउन सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वाद आवश्यक पर्ने उनले बताएका छन्।

पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। पर्सा–१ बाट हरि पन्त, पर्सा–२ बाट सुशील कुमार कानु, पर्सा–३ बाट रमाकान्त चौरसिया तथा पर्सा–४ बाट टेकबहादुर शाक्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यसैगरी, समानुपातिकतर्फ पनि पर्सामा रास्वपा पहिलो पार्टी बनेको छ। जिल्लामा पार्टीले हासिल गरेको उल्लेखनीय सफलतालाई राजनीतिक विश्लेषकहरूले परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्। यस विजयले स्थानीय स्तरमा रास्वपाको प्रभाव थप विस्तार भएको र राष्ट्रिय स्तरमा भ्रष्टाचारविरुद्धको अभियानलाई बल पुग्ने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here