28.1 C
Birgunj
Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
spot_img

अमलेखगञ्ज ट्राफिक इन्चार्ज नवलकिशोर साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

अमलेखगञ्ज, बारा । अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहमाथि चेकजाँचका नाममा विभिन्न सवारीसाधनबाट अनधिकृत रूपमा रकम असुल्ने गरेको गुनासो बढ्दै गएको छ।
अमलेखगञ्ज ट्राफिक बिटअगाडिको सडकमा अनावश्यक रूपमा सवारीसाधन रोकेर चेकजाँच गर्ने र त्यसक्रममा एक सय, दुई सयदेखि पाँच सय रुपैयाँसम्म रकम लिने गरेको स्थानीय तथा स्रोतको दाबी छ। विशेषगरी वीरगञ्ज तथा पूर्वतर्फबाट आउने मालवाहक सवारीसाधन, कुखुरा बोकेका गाडी, भैंसी बोकेका सवारीसाधनलगायतबाट रकम उठाउने गरिएको आरोप लागेको छ।
स्रोतका अनुसार उक्त क्षेत्रमा दैनिक रूपमा विभिन्न सवारीसाधनबाट करिब ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम उठ्ने गरेको दाबी गरिएको छ। उठाइएको रकममध्ये माथिल्लो तहसम्म समेत मासिक रूपमा हिस्सा जाने गरेको स्रोतको दाबी छ।
ट्राफिक चेकजाँचका क्रममा सवारीसाधनलाई अनावश्यक रूपमा रोक्ने तथा रकम नदिएसम्म दुःख दिने गरेको गुनासोसमेत केही चालकले गरेका छन्। यसले नियमित रूपमा आवतजावत गर्ने चालक तथा व्यवसायीहरूमा असन्तुष्टि बढाएको बताइएको छ।
यस विषयमा प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहको भूमिका र चेकजाँचका क्रममा हुने आर्थिक कारोबारबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने मागसमेत उठेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here