28.1 C
Birgunj
Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
spot_img

वीरगन्जका चर्चित उद्योगी अनिल छपोलियाका छोरा अनमोल साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ

वीरगन्ज,  भदौ । वीरगन्जका चर्चित उद्योगी अनिल छपोलियाका छोरा अनमोल साहलाई प्रहरीले फेरि पक्राउ गरेको छ। यसअघि बिहीबार पक्राउ परेका साहलाई प्रहरीले सोही दिन अदालतमा पेश गरेको थियो। अदालतबाट धरौटीमा रिहा भएका साहलाई पुनः प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोही मुद्दामा अर्को व्यक्तिले दिएको उजुरीका आधारमा साहलाई पुनः पक्राउ गरिएको हो।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अदालतको आदेशपछि साहलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

वीरगन्ज महानगरपालिका–१७ निवासी सुनिता देवीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अमोल साहविरुद्ध पक्राउ आदेश जारी भएको थियो। सोही आदेशका आधारमा प्रहरीले उनलाई यसअघि पक्राउ गरेको थियो।

जाहेरीअनुसार, जाहेरवालाको नाममा रहेको पर्सा जिल्लाको साविक बहुअर्वाभाठा गाविस–९ स्थित जग्गा तथा शिवलोक खाद्य उद्योगसमेत खरिद गर्ने भन्दै साहले मूल्य तय गरी विभिन्न प्रलोभन देखाएका थिए। त्यसपछि बिक्रीसम्बन्धी कागजमा हस्ताक्षर तथा औँठाछाप गराएको जाहेरीमा उल्लेख छ।

सोही विषयलाई लिएर सुनिता देवीले पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्। पक्राउ परेर धरौटीमा छुटेका अमोल साहविरुद्ध सुनिता देवीका श्रीमान्ले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा समेत मुद्दा दायर गरेका थिए। उच्च अदालतले परमादेश जारी गरेपछि धरौटीमा छुटेका साहलाई प्रहरीले पुनः पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार साह हाल प्रहरी हिरासतमा छन्। साह पक्राउ परेपछि उनलाई छुटाउन वीरगन्जमा एक समूह सक्रिय भएको स्रोतको दाबी छ। उक्त समूहले प्रहरीसँग आफ्नो पहुँच रहेको भन्दै साहलाई छुटाइदिने आश्वासन दिँदै उनका परिवारसँग ठूलो रकम माग गरेको समेत प्रहरी स्रोतले जनाएको छ।

spot_img
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here