35 C
Birgunj
Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
spot_img

सेयर बजारमा पुनः दबाब, अघिल्लो दिनको सुधार उल्टियो

काठमाडौं,०७ जेष्ठ । बिहीबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको बजारमा यस दिन पुनः दबाब देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इन्डेक्स १.५७ अंक, फ्लोट इन्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले घटेका छन् ।

बजार परिसूचक घटे पनि कारोबार रकम भने सामान्य रूपमा बढेको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कुल ३४८ कम्पनीका ८९ लाख ५५ हजार कित्ता सेयर ४४ हजार ७४४ पटक कारोबार भएका छन् । 

यस दिन अधिकांश उपसमूहहरू दबाबमा रहेका देखिएका छन् । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूह मात्रै सामान्य वृद्धि भएको छ भने व्यापार उपसमूह स्थिर रहेको छ । होटल तथा पर्यटन उपसमूहमा सर्वाधिक ६८.३३ अंकको गिरावट आएको छ ।

लगानीकर्ताको आकर्षण भने म्युचुअल फन्डतर्फ बढेको देखिएको छ । बजारमा अनिश्चितता बढिरहेका बेला तुलनात्मक रूपमा कम जोखिम भएका सामूहिक लगानी योजनातर्फ लगानीकर्ता केन्द्रित हुन थालेको विश्लेषण गरिएको छ ।

कारोबारमा आएका कम्पनीहरूमध्ये बुंगल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विपरीत रूपमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ । झापा इनर्जीको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको १७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढी र बुंगल हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

समग्रमा बजार परिसूचक घटे पनि केही जलविद्युत तथा म्युचुअल फन्डसम्बन्धी कम्पनीमा लगानीकर्ताको चहलपहल देखिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here