28.5 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

फोटो पत्रकार महासंघको नयाँ नेतृत्व चयन, पर्साबाट राहुल गुप्ता केन्द्रमा

वीरगञ्ज। नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहा मा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पेशागत सुदृढीकरणका विभिन्न निर्णयहरू गरेको छ।

महाधिवेशनबाट हरि प्रसाद रेग्मी अध्यक्षमा निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन्। उपाध्यक्षद्वयमा दीपक ज्ञवाली र गजेन्द्र राई निर्वाचित हुँदा महासचिवको जिम्मेवारी भरत ढकाल ले पाएका छन्।

सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् भने कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिको सदस्यहरूमा अमर बानियाँ, राहुल कुमार गुप्ता, दिलीप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र नवीन पाण्डे रहेका छन्।

यसै क्रममा वीरगञ्जका युवा पत्रकार राहुल कुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी नेपाल पत्रकार महासंघ पर्सा शाखा का कार्यसमिति सदस्य समेत हुन्।

महाधिवेशनको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले गरेका थिए। उनले फोटो पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै सत्य र यथार्थ चित्रणमार्फत समाजलाई सूचित गराउने फोटो पत्रकारहरूको भूमिकाको प्रशंसा गरे। साथै, फोटो पत्रकारहरूको सुरक्षा, सम्मान र क्षमता विकासका लागि राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here