29.4 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

न्याय नपाएपछि पीडितको आक्रोश, महिला आयोगमा चर्को नाराबाजी

काठमाडौं,०९ चैत । हिंसापीडित महिलाका लागि न्यायको माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप?’, ‘इनिशा बिक र रेस्मिका परियारलाई न्याय देऊ’ लगायतका नारासहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सुर्खेतकी इनिशा बिकको बलात्कारपछि हत्या प्रकरणको शीघ्र छानबिन गर्न तथा खोटाङकी रेस्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान र छिटो न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यसअघि माइतीघर मण्डला मा धर्ना बस्दा पनि सुनुवाइ नभएको गुनासो गर्दै उनीहरूले महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।

पीडित पक्षको मागप्रति खोटाङ सेवा समाज ले ऐक्यबद्धता जनाएको छ। समाजका सचिव नवराज रोकाले पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने र दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने बताएका छन्। रासस

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here