31.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

अन्तिम ओभरमा १० रन चाहिँदा जित निस्किन सकेन: नेपाल ४ रनले इंग्ल्यान्डसँग पराजित

काठमाडौं,२५ माघ । नेपालले आईसीसी टी–२० विश्वकप २०८२ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले हार व्यहोरेको छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि जित निस्कन सकेन।

नेपालको इनिङ्स कुशल भुर्तेल र आसिफ शेखको सुरुवाती साझेदारीले राम्रो सुरुवात प्राप्त गर्यो। तर चौथो ओभरमा आसिफ शेख आउट भए पछि नेपालले छैटौं ओभरमा कुशल भुर्तेललाई पनि गुमायो। भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे। यसरी दुवै ओपनर आउट भएपछि नेपाल ४२-२ को स्थितिमा थियो।

त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। यो जोडीले इंग्ल्यान्डलाई दबाबमा राख्ने प्रयास गरेको थियो। तर १५औं ओभरमा साम करनले दीपेन्द्रलाई आउट गरेपछि नेपालले तेस्रो विकेट गुमायो।

दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाउँदै टी–२० इन्टरनेशनलमा १ हजार रनको कीर्तिमान पनि पूरा गरे। कप्तान रोहितले ३९ रन बनाएर आउट भए, उनले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले ८ बलमा १० रन बनाउँदै नेपाललाई अन्तिम सम्म प्रतिरोध गराए।

बलिङतर्फ इंग्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। इंग्ल्यान्डका ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन प्रहार गरे। विल ज्याक्सले १८ बलमा १ चौका र ४ छक्का सहित अविजित ३९ रन बनाउँदै फिनिसिङ गरे।

नेपालका शेर मल्लले इंग्ल्यान्डका ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गर्दै नेपालको बलिङलाई राम्रो सुरुवात दिलाए। ५७-३ को अवस्थामा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई बलियो स्थितिमा ल्याए।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए।

नेपालको यो खेलमा हार भए पनि कप्तान दीपेन्द्र सिंह ऐरीको टी–२० इन्टरनेशनलमा १ हजार रन पूरा हुनु खेलको प्रमुख उपलब्धि रहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here