26.7 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

प्याब्सन टी–२० क्रिकेट: मुनलाईट–सेन्ट जेभियर्स र सनलाईट–गोल्डेन फ्युचर सेमिफाइनलमा

वीरगंज,२१ माघ । प्याब्सन टी–२० क्रिकेट प्रतियोगिताको रोमाञ्चक क्वार्टरफाइनल चरण समाप्त भएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको छ। सशक्त प्रदर्शन गर्दै गोल्डेन फ्युचर र सनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेपछि प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बनेको छ।

सेमिफाइनल चरणमा अब चार बलिया टोलीबीच उपाधिका लागि कडा टक्कर हुने निश्चित भएको छ। पहिलो सेमिफाइनल खेलमा मुनलाईट स्कूल र सेन्ट जेभियर्स स्कूल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सनलाईट माध्यमिक विद्यालय र गोल्डेन फ्युचरबीच प्रतिस्पर्धा हुनेछ।

क्वार्टरफाइनलमा गोल्डेन फ्युचरले वीरगंज एकेडेमीलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। उक्त खेलमा निरञ्जन यादवको उत्कृष्ट प्रदर्शन निर्णायक सावित भयो। यस्तै, सनलाईट माविले डिएभी स्कूललाई १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो प्रभुत्व देखाएको थियो, जहाँ अब्दुल मलिक अन्सारी म्यान अफ द म्याच घोषित भए।

आगामी सेमिफाइनल खेलहरूमा सबै टोली उत्कृष्ट फर्ममा रहेकाले दर्शकहरूले उच्चस्तरीय तथा रोमाञ्चक क्रिकेट हेर्न पाउने अपेक्षा गरिएको छ।

प्याब्सनका सचिव अशोक संग्रौलाका अनुसार सेमिफाइनल खेलहरू २० ओभरको हुनेछन्। प्याब्सन पर्साअन्तर्गत आबद्ध ४० विद्यालयको सहभागितामा माघ ८ गतेदेखि सुरु भएको १०औँ संस्करणको प्याब्सन नेपाल मेडिसिटी अन्तर–विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने टोलीहरू माघ २४ गते शनिबार एकआपसमा भिड्नेछन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here