29.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

वीरगंज नाका मार्फत छ महिनामा १२ अर्बको खाद्यान्न नेपाल भित्रियो

वीरगंज,१७ माघ । वीरगंज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड रुपैयाँ मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको यो अवधिमा खाद्य पदार्थको आयातमा २१ करोड रुपैयाँ मूल्यको गिरावट आएको छ ।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए ।

जबकि गत आवको छ महिनामा भने ११ अर्ब ७८ रुपैयाँ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा पाँच अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने छ अर्ब नौ करोड रुपैयाँ मूल्यको धान आयात भएको थियो ।

चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड रुपैयाँ मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा एक अर्ब ६१ करोड रुपैयाँ मूल्य पर्ने चामल र ३३ करोड रुपैयाँ मूल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै २३ करोड ७३ लाख रुपैयाँ मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here