35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

सहिद दिवसमा मानव सेवाको सन्देश: बहुदरमाई युवा क्लबद्वारा बृहत् रक्तदान कार्यक्रम

माघ १६, पर्सा

बहुदरमाई युवा क्लबको आयोजनामा तथा वडा नं. २ का वडा अध्यक्ष जितेन्द्र पटेलको विशेष सहयोगमा दोस्रो बृहत् रक्तदान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। सहिद दिवसको अवसर पारेर आयोजना गरिएको यस महादान कार्यक्रममा स्थानीयदेखि प्रदेशस्तरका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्याम पटेल सहभागी हुनुभयो। त्यसैगरी बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंहासन साह तेली, उपप्रमुख सुष्मा कुशवाहा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। जिल्ला समन्वय समितिका उपसभापति पुरन पटेल, समाजसेवी शिव पटेल, विभिन्न वडाका वडा अध्यक्षहरू, शिक्षकवर्ग, युवा अगुवा, बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको पनि सक्रिय सहभागिता रह्यो।
रक्तदान कार्यक्रममार्फत मानव सेवाको सन्देश प्रवाह गर्दै युवाहरूले सामाजिक उत्तरदायित्वप्रति उदाहरणीय भूमिका निर्वाह गरेको वक्ताहरूले बताए। आयोजक बहुदरमाई युवा क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै अतिथि, रक्तदाताहरू, स्वयंसेवक तथा स्थानीयवासीप्रति धन्यवाद ज्ञापन गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here