30.2 C
Birgunj
Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
spot_img

शहीद दिवस : जेन-जी शहीद सम्झेर संसद् अगाडि दीप प्रज्वलन

काठमाडौं, १६ माघ – गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा शहीद भएका युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शहीदहरूको सम्झनामा आयोजित कार्यक्रममा शहीद परिवार, घाइते परिवारका सदस्यहरू तथा विभिन्न युवाहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले शहीदहरूको बलिदानलाई सम्झदै उनीहरूको सपना पूरा गर्न प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा उपस्थितहरूले जेन-जी आन्दोलनका क्रममा संसद् भवन र आसपासका क्षेत्रमा शहीद भएका युवाहरूको योगदान र बलिदानलाई उच्च मूल्याङ्कन गर्दै, सामाजिक न्याय र समावेशी लोकतान्त्रिक संस्कार स्थापना गर्नुपर्नेमा जोड दिएका थिए।

दीप प्रज्वलनको क्रममा सहभागीहरूले शहीदको सम्झना गर्दै राष्ट्रिय एकता, युवा सशक्तिकरण र देशको प्रगतिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

शहीद दिवसले जेन-जी आन्दोलनका वीर युवा र उनीहरूको बलिदानलाई स्मरण गराउन मात्र नभई वर्तमान र आगामी पुस्तालाई सामाजिक उत्तरदायित्व र राष्ट्रिय चेतनामा जागरूक बनाउने अवसर पनि प्रदान गरेको आयोजकहरूले बताएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here