27.7 C
Birgunj
Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
spot_img

वीरगञ्ज–काठमाडौं मार्गमा १७ लाख मूल्यको चाँदीसहित १ युवक पक्राउ

काठमाडौं,१३ माघ । झन्डै १७ लाख रुपैयाँ मूल्यबराबरको चाँदीसहित एक व्यक्ति काठमाडौं नजिकै नागढुंगास्थित चेकप्वाइन्टमा पक्राउ परेका छन्।

आज बिहान साढे ६ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०१-००१ ख ७७२१ नम्बरको यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले रोकेर खानतलासी गर्दा वीरगञ्ज महानगरपालिका–१६ का २५ वर्षीय किसन साह पक्राउ परेका हुन्।

उनको साथबाट लुकाइछिपाइ गरी ल्याइएको करिब १६ लाख ९० हजार रुपैयाँ बराबरको २ किलो ५०० ग्राम चाँदी बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here