22.8 C
Birgunj
spot_img

दोलखाको खरिढुङ्गामा भ्यान दुर्घटना: तीन जना घाइते, चालक प्रहरीको नियन्त्रणमा

काभ्रेपलाञ्चोक,०२ माघ । दोलखाको खरिढुङ्गास्थित लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत भिमेश्‍वर नगरपालिका–९ आहालडाँडामा एक ईभी भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

बागमती प्रदेश ०६–००१ ज ०२८८ नम्बरको भ्यान काठमाडौंबाट चरिकोटतर्फ गइरहेकै समयमा तुसारोका कारण सडक चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए।

दुर्घटनामा दोलखा भिमेश्‍वर–६ का ६२ वर्षीय हरीबहादुर ठकुरी, उनकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी तथा रामेछाप गोकुलगंगा–२ की ४५ वर्षीया रेखा नेपाली घाइते भएका छन्। घाइतेहरूको चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भ्यान चालक रामेछाप मन्थली–१२ गेलुका २७ वर्षीय रविन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त भ्यानमा चालकसहित ६ जना सवार रहेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here