22.8 C
Birgunj
spot_img

सिरडी साई बाबा ट्रस्टले हिन्दू पत्रकार संघ नेपालको भूमिको प्रशंसा गर्दै सम्मान

वीरगञ्ज, माघ १ ।

श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समितिलाई भव्य तथा सम्मानपूर्ण समारोहबीच विशेष सम्मान प्रदान गरिएको छ।

उक्त कार्यक्रममा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम ट्रस्टका संरक्षक निरज सरार्फ तथा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

धर्म, संस्कृति र पत्रकारितामार्फत समाजसेवामा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै हिन्दू पत्रकार संघ नेपाललाई सम्मान गरिएको ट्रस्टले जनाएको छ। पत्रकारितालाई सामाजिक चेतना अभिवृद्धि, धार्मिक सहिष्णुता तथा सांस्कृतिक पहिचान संरक्षणको प्रभावकारी माध्यम बनाउँदै आएको संघको भूमिकाको प्रशंसा गर्दै संघका अध्यक्षसहित सम्पूर्ण केन्द्रीय कार्य समिति सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको हो।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजन रौनियारले संघ कहिल्यै पनि आफ्नो कर्तव्यबाट पछि नहट्ने स्पष्ट पार्दै यस सम्मानले थप जिम्मेवारीबोध गराउने बताउनुभयो। उहाँले पत्रकारिताले समाजलाई सही दिशा दिनुका साथै धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै, समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सम्मान कार्यक्रमहरूले पत्रकारहरूलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गरिएको थियो।

हिन्दू पत्रकार संघ नेपालका प्रतिनिधिहरूले सम्मानप्रति श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि सत्य, निष्पक्ष र समाजहितमा केन्द्रित पत्रकारिता गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त सम्मान समारोहले धर्म, संस्कृति र पत्रकारिताबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको ट्रस्टका अध्यक्ष प्रवेश सरार्फले बताउनुभयो।

कार्यक्रममा ट्रस्टका संरक्षक निरज सरार्फ, अध्यक्ष प्रवेश सरार्फ, उपाध्यक्ष संजय कुशवाहा, दीपेन्द्र श्रेष्ठ, आकाश सरार्फ तथा हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियार, उपाध्यक्ष विनोद पटेल, सचिव राज सरार्फ, कोषाध्यक्ष आनन्द पटेल लगायत ट्रस्टका सम्पूर्ण सदस्यहरू तथा संघका केन्द्रीय कार्य समिति सदस्यहरूको सहभागिता रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here