31.6 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

जोर्ते उकालोमा टिप्पर खस्दा एकको मृत्यु, उद्धार कार्य जारी

पाल्पा,३० पुस । पाल्पामा आज बिहान टिप्पर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

रिद्धिकोट गाउँपालिका–२ स्थित जोर्ते उकालोमा ना८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको पाल्पा प्रहरी कार्यालयका नायब उपरीक्षक होमप्रसाद चौधरीले जानकारी दिए।

प्रहरीका अनुसार नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मी तर्फ आउँदै गरेको टिप्पर आज बिहान करिब साढे ४ बजे सडकबाट करिब २५० मिटर तल खसेको थियो।

दुर्घटनामा टिप्पर चालक केशव परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य विवरणहरू हाल सार्वजनिक गरिएको छैन।

दुर्घटनाको जानकारी पाएसँगै हाडथोक र अर्गली प्रहरी चौकीबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान कार्य थालेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here