37.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने

वीरगञ्ज, १८ पुस । हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ। वीरगञ्जको माइस्थानस्थित अतिथि सदनको सभाहलमा केन्द्रका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनको संरचनालाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने रणनीतिक निर्णय गरेको हो।

बैठकका अवसरमा केन्द्रका नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत् रूपमा खाँदा ओढाई पदभार ग्रहण गराइएको छ। संगठनको आर्थिक व्यवस्थापन र संस्थागत मजबुतीकरणमा कोषाध्यक्ष पटेलको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैठकले व्यक्त गरेको छ।

बैठकले हिन्दू पत्रकार संघ नेपालको मधेश प्रदेश संयोजक तोक्नुका साथै मधेश प्रदेशका आठवटै जिल्लामा तत्काल संगठन विस्तार गर्ने निर्णय गरेको छ। संगठनका अन्य कार्यक्रम तथा गतिविधिहरूलाई क्रमिक रूपमा अगाडि बढाउने निर्णय भएको केन्द्रका सचिव राजकुमार सर्राफले जानकारी दिनुभयो।

बैठकले पत्रकारहरूको हक–हित रक्षा, पेशागत मर्यादा कायम राख्ने र धार्मिक–सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

बैठकमा केन्द्रका उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह, अर्जुन चौधरी, राजु बैठा, रवि बर्नवाल, र सन्तोष कुशवाहाको उपस्थिति थियो। त्यसैगरी केन्द्रका सल्लाहकारहरू एस.के. चौरसिया, रितेश झा, र आरोहण साह लगायतका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here