35 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

गृह मन्त्रालयद्वारा व्यापक सरुवा, ११ जनालाई प्रमुख जिल्ला अधिकारी तोकियो

काठमाडौँ,११ पुस । गृह मन्त्रालयले १२ सहसचिव र १ उपसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।

अर्याललले सरुवा गरेकामध्ये ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्यालले नुवाकोटका सीडीओ शशीधर घिमिरेको सरुवा गर्दै कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएका छन् ।

गृह मन्त्रालयमा रहेका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराम प्रसाईलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङमा सीडीओको जिम्मेवारी दिइएको छ ।

पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखामा सरुवा गरिएको छ । तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोकमा सरुवा गरिएको छ भने भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँमा सरुवा गरिएको छ ।

घिमिरेलाई दोलखामा सरुवा गरिएको छ । तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोकमा सरुवा गरिएको छ भने भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँमा सरुवा गरिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here