32.7 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

नेपाली बजारमा सुनचाँदी महँगियो, चाँदीको भाउले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं,०३ पुस । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत सोमबार सुनले हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो।

यसैगरी, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८० रुपैयाँ पुगेको छ। पछिल्ला दुई दिनयता चाँदीले निरन्तर उच्च मूल्य रेकर्ड बनाइरहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here