30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

कोहिनुर बचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारण सभा सफलतापूर्वक सम्पन्न

वीरगंज,२७ मंसिर । कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

वीरगञ्जस्थित होटेल भिस्वामा सम्पन्न साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाकी संस्थापक अध्यक्ष मोस्तकीमा खातुनले गरेकी थिईन ।

संस्थाले विगत १५ वर्षदेखि जनताको विश्वास जित्दै निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढने उनले वताईन । समयमै साधारण सभा सम्पन्न हुनु संस्थाको पारदर्शिता र राम्रो व्यवसायिक अभ्यासको प्रमाण भएको उनको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि नेशनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज तथा कर्पोरेट डेभलपमेन्टका अध्यक्ष प्रो. डा. जेनुद्दिन् अन्सारीले संस्थाका अध्यक्ष इसरत जहान अन्सारीको नेतृत्वको प्रशंसा गर्दै कोहिनुर सहकारीको सफल कार्यकालको शुभकामना दिए ।

उनले कर्मचारीहरूको कडा मेहनत र सञ्चालक समितिको सही व्यवस्थापनका कारण संस्थाले सकारात्मक नतिजा हासिल गर्न सफल भएको बताए । साथै, हालसम्म संस्थासँग सम्बन्धित कुनै पनि नकारात्मक विषय बाहिर नआएकाले आम सर्वसाधारणलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

साधारण सभामा संस्थाका कर्मचारी, लगानीकर्ता, सेयरधनी, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा उत्कृष्ट सेयर सदस्यहरू रिनकी चौधरी, भरत प्रसाद कोइरी, कृष्ण शाह कानु, रबिना खातुन तथा शेख गौसुल आजामलाई खादा, माला र मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष इसरत जहान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here