31.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

मेयर सिंहले गरे स्वास्थ्य चौकीको नवनिर्मित भवनको भव्य उद्घाटन

बिरगंज २६ मंसिर

वीरगंज महानगरपालिका–१२ स्थित स्वास्थ्य चौकीको नवनिर्मित दुई तले नवनिर्मित भवनको आज एक विशेष समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले रिबन काटेर भवनको विधिवत् समुद्घाटन गरेका छन्। कार्यक्रममा विशेष रूपमा वडा नं. १२ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता, महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, वडा सदस्यहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्वत् २०८२ मंसिर २६ गते, शुक्रबार सम्पन्न उक्त समारोहमा स्थानीय समुदायका सम्मानित व्यक्तिहरू, समाजसेवी तथा सर्वसाधारणको पनि उत्साहपूर्ण सहभागिता रहेको थियो।

उद्घाटन गरिएको भवन २ तले संरचना भएको छ, जसको कुल लागत १ करोड २५ लाख रुपैयाँ रहेको मेयर राजेशमान सिंहले जानकारी गराए।
तल्लो तलामा स्वास्थ्य चौकी सञ्चालन हुनेछ, जसले वीरगंज–१२ का बासिन्दालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
माथिल्लो तलामा वडा कार्यालय सञ्चालनमा आउनेछ, जसले प्रशासनिक सेवाहरूलाई अझै व्यवस्थित र सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले भने वीरगंज महानगरलाई स्वास्थ्य तथा सेवा सुविधामा स्वावलम्बी बनाउने हाम्रो लक्ष्य अनुसार वडा नं. १२ मा अत्याधुनिक भवन निर्माण गरी सेवा सुरु गर्न पाउनु हामी सबैका लागि खुशीको विषय हो। यो भवन केवल संरचना मात्र होइन, स्वास्थ्य र प्रशासनिक सेवा प्रवाहलाई आधुनिक, सहज र जनमैत्री बनाउने हाम्रो प्रतिवद्धताको प्रतीक हो।

उनले स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहयोग, निर्माण व्यवसायीको समयमै काम सम्पन्न गरेको प्रतिबद्धता र समुदायको निरन्तर साथका लागि आभार व्यक्त गरे।

मेयर सिंहले थपे आगामी दिनमा वीरगंजका अन्य वडाहरूमा पनि यस्तै आधुनिक स्वास्थ्य चौकी तथा सेवा केन्द्रहरू स्थापना गर्दै महानगरलाई पूर्ण रूपमा सेवा–मैत्री बनाउने योजनामा हामी अघि बढिरहेका छौं।औपचारिक कार्यक्रम संवैधानिक विधि अनुसार सम्पन्न गरिएको थियो। कार्यक्रममा स्थानीय भिन्न–भिन्न समुदायका प्रतिनिधिहरूले नयाँ भवनले स्वास्थ्य सेवा र प्रशासनिक सेवा दुवैमा गुणात्मक सुधार ल्याउने अपेक्षा व्यक्त गरेका थिए।उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताले जानकारी दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here