28.1 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

वीरगंजमा दिब्य विकास स्रोत केन्द्रको वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

वीरगंज,२६ मंसिर । दिब्य विकास स्रोत केन्द्र पर्साले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत १९औँ सामाजिक लेखाजोखा कार्यक्रम वीरगंजस्थित कलासिक ब्याङ्क्वेटमा सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन पटेल प्रमुख अतिथिको रूपमा तथा केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहान अध्यक्षका रूपमा सहभागी थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सल्मा खातुन, दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेल, कार्यक्रम संयोजक गणेश ठकुरी, साझेदार संस्थाका प्रतिनिधि, कर्मचारी, स्थानीय पालिकाका प्रतिनिधि, सेवाग्राही तथा जिल्ला स्तरका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सन् २००६ देखि सञ्चालन हुँदै आएको सामाजिक लेखाजोखा कार्यक्रमले स्थानीय समुदायमा कार्यक्रमहरूको प्रभावकारिता, पारदर्शिता र पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको संस्थाले जनाएको छ। यस कार्यक्रममार्फत स्थानीय तथा जिल्ला स्तरका अधिकारवालाहरू र सरोकारवालाहरूमा केन्द्रप्रति सकारात्मक सोच र विश्वास विकास हुँदै आएको दिब्य विकास स्रोत केन्द्रले जानकारी गराएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here