28.2 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

पर्सा नापी कार्यालयमा घुस प्रकरण, सर्वेक्षक–सहयोगीमाथि मुद्दा

वीरगंज,२६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

गत मंसिर २ गते आयोगको टोलीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अवस्थामा दुवै जनालाई पक्राउ गरेको थियो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार वीरगंज–२५ स्थित कित्ता नं. ५५, क्षेत्रफल ०००६४ वर्गमिटर जग्गाको ‘छुट जग्गा दर्ता’ प्रक्रिया सहज बनाइदिने नाममा घुस मागी लिएको तथ्य प्रमाणित भएपछि मुद्दा दायर गरिएको हो।

आयोगले दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम बिगो एक लाख कायम गरी कैद र बिगोअनुसार जरिवाना मागदाबी गरेको जनाएको छ।

नापी कार्यालय पर्सामा लामो समयदेखि ‘विना पैसा काम नहुने’ प्रवृत्ति मौलाउँदै आएको सेवाग्राहीहरूको गुनासो छ। सामान्य कामका लागि पनि कर्मचारीले आनाकानी गर्ने तर पैसा दिएपछि तुरुन्तै काम सकाइदिने प्रचलन रहेको उनीहरूको आरोप छ।

विशेषगरी सर्वेक्षक र अमिनहरूको व्यवहारप्रति सेवाग्राही निकै असन्तुष्ट रहेकाले नापजाँच, जग्गा छुट्ट्याउने, कित्ता सुधार, दर्ता प्रक्रियासँग सम्बन्धित सेवामा खुलेआम घुसखोरी चल्दै आएको बताइन्छ। पैसा नदिने सेवाग्राहीलाई दिनौँजसो अल्झाइने, फाइल थन्क्याइने र अनावश्यक झन्झट सिर्जना गरिने गरेको उनीहरूको अनुभव छ।

लामो समयपछि अख्तियारले एक सर्वेक्षकसहित दुई कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेपछि नापी कार्यालयको सेवामा सुधार आउने अपेक्षा सेवाग्राहीले व्यक्त गरेका छन्। कालिका टाईम्स

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here