30.7 C
Birgunj
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
spot_img

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा बाल–विवाहविरुद्ध जनचेतना कार्यक्रम

अभिलाष गुप्ता
बिरगंज १७ मंसिर

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा बिरगंज महानगरपालिका स्थित एम.इ.एस. सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी बाल–विवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईले गरेका थिए। स्कुलका निर्देशक सामुदिन अहमदको विशेष उपस्थितिमा तथा प्रमुख अतिथीका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई सहभागी भएका थिए।

प्रहरी निरीक्षक भट्टराईले बाल–विवाहलाई अपराध तथा सामाजिक विकृति दुवैको रूपमा चिनाउँदै विद्यार्थीहरूलाई सचेत रहन आग्रह गरे।उनले भने
“बाल–विवाह केवल कानुनी मुद्दा होइन, जीवनभर असर पार्ने गम्भीर सामाजिक समस्या हो। शिक्षा, चेतना र परिवारको सही मार्गदर्शनले मात्र यसलाई अन्त्य गर्न सकिन्छ। प्रहरी समाजका सबै वर्गसँग साझेदारी गर्दै बाल–विवाह नियन्त्रणमा निरन्तर सक्रिय छ।

उनका अनुसार कम उमेरमै हुने विवाहले स्वास्थ्य, पढाइ, मानसिक अवस्था तथा भविष्य दुवै तहमा गम्भीर क्षति पुर्‍याउँछ। उनले सम्पूर्ण विद्यार्थीलाई आफू सचेत बनौं, अरूलाई पनि सचेत गरौं” भन्दै सन्देश दिए।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका पदाधिकारीहरू, स्कुलका शिक्षक–शिक्षिका, प्रहरी कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
सेवा केन्द्रका प्रतिनिधि तथा शिक्षकहरूले बाल–विवाहका जोखिम, कानून, रोकथामका उपाय तथा अभिभावक–विद्यार्थीको भूमिका बारे विस्तृत रूपमा जानकारी प्रदान गरे।विद्यार्थीहरूले पनि बाल–विवाहविरुद्धका प्रश्न, जिज्ञासा र सुझाब राख्दै सक्रिय सहभागिता जनाएको स्कुल प्रशासनले जनाएको छ।

किशोर–किशोरीमा बाल–विवाहका जोखिमबारे स्पष्ट जानकारी दिनु
विद्यार्थीलाई कानुनी प्रावधान तथा बदलाे समाजमा बाल–विवाहको प्रभावबारे सचेत पार्नुसमुदाय र विद्यालयस्तरमा प्रहरी–जनता साझेदारीलाई थप मजबुत बनाउनु यस जनचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूको रहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here