30.7 C
Birgunj
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
spot_img

३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवसमा वीरगन्जमा भव्य र्‍याली

अभिलाष गुप्ता
वीरगन्ज १७ मंसिर

३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सहभागितामूलक समाज निर्माणका लागि वीरगन्जमा आयोजित र्‍याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आईज नेपालको आयोजनामा गरिएको सो कार्यक्रम विभिन्न विद्यालय, सामाजिक संस्था तथा समुदायको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता आईज नेपालका अध्यक्ष महेश साहले गरेका थिए। बिहानैदेखि सुरु भएको र्‍यालीमा वीरगन्जका विभिन्न स्कुलका विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरू उत्साहपूर्वक सहभागी भएका थिए। र्‍यालीले शहरका प्रमुख मार्ग परिक्रमा गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितता, पहुँचयुक्त संरचना र समान अवसरका बारेमा भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजकी सोच बदलिनु अहिलेको अत्यावश्यकता रहेको बताए।उनका अनुसार समावेशीता केवल नीति र कागजमा सीमित हुनुहुँदैन। अपाङ्गता भएकालाई शिक्षा, सीप, रोजगार, स्वास्थ्य र यातायातमा सहजता दिलाउन सबै संस्थागत रूपमा सक्रिय हुनुपर्छ। समाजको सकारात्मक व्यवहार नै परिवर्तनको मूल आधार हो।

उनले आईज नेपालले निरन्तर समुदायमा गरिरहेको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अपाङ्गता सम्बन्धी पूर्वाग्रह कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सिडियो भोला दहालले अपाङ्गता भएकालाई राज्यका प्राथमिकता प्राप्त नागरिकका रूपमा हेरी आवश्यक सेवा–सुविधा सरल र प्रभावकारी बनाउन प्रशासन सदैव तत्पर रहने बताए।उनले भने सेवा–सुविधा वितरणमा कुनै पनि प्रकारको भेदभाव हुन नदिन प्रशासन संवेदनशील छ। सबै निकायले अपाङ्गता भएका व्यक्तिको पहुँच र सहभागिता बढाउन एकयुक्त रूपमा काम गर्नुपर्छ।उनले सार्वजनिक संरचनाहरूमा पहुँचयुक्त सुविधा विस्तार, रोजगारी अवसर अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राखिने बताए।

कार्यक्रममा विभिन्न स्कुलहरूका विद्यार्थी, शिक्षक, समाजसेवी, साथै आईज नेपालका पदाधिकारीहरू उल्लेखनीय संख्यामा उपस्थित रहयो।
विशेष उपस्थितिमा आईज नेपालकी कोषाध्यक्ष रुपशिला जैसवाल, शिक्षक माटिन मोक्तान, सामाजिक अभियन्ता तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।र्‍याली तथा शुभकामना आदान–प्रदान कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, योगदान र अधिकारका विषयमा समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here