30.7 C
Birgunj
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
spot_img

असई रागनी देशकै सर्वोत्कृष्ट प्रहरी घोषित, ४० हजार नगदसहित सम्मानित

वीरगंज । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने प्रथम कर्मचारी घोषित भएकी छन्।

रागनी कुमारीले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत सबै प्रहरीमध्ये पहिलो स्थान हासिल गर्दै रु ४० हजार नगद पुरस्कार र प्रशंसा–पत्र प्राप्त गर्न सफल भएकी हुन्।

उनले लैंगिक हिंसा न्यूनीकरण, समस्याग्रस्त केसहरूको संवेदनशील ढङ्गले व्यवस्थापन, र लैंगिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा देखाएको समर्पण, निष्ठा र व्यावसायिकताका कारण नेपाल प्रहरीले विशेष रुपमा सम्मान गरेको हो।

नेपाल प्रहरीको विभागीय नीति–निर्देशन, आदेशको शतप्रतिशत पालना गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारी अत्यन्त प्रभावकारी ढङ्गले वहन गर्दै आएकी रागनीको भूमिका उदाहरणीय र प्रेरणादायी भएको प्रहरीले जनाएको छ।

प्रशंसा–पत्र प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हस्ताक्षर गरी उनलाई प्रदान गरिएको हो।

साथै, सोही कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्र.स.नि. रागनी कुमारीलाई हार्दिक बधाई दिँदै आगामी दिनमा पनि उनीबाट अझ प्रभावकारी सेवा र नेतृत्वको अपेक्षा व्यक्त गरे।

रौतहटबाट लैंगिक हिंसा विरुद्धको अभियानमा रागनी कुमारीको सक्रियता, संवेदनशीलता र निर्भीकताले प्रहरी संगठनमै उदाहरण कायम गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here