28.5 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

निर्वाचनमा भाग लिन दल दर्ता आज अन्तिम दिन

काठमाडौं,१० मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले निर्वाचन आयोगमा दर्ता गराउने अन्तिम समय आज सकिँदैछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले आजसम्म मात्र दर्ता प्रक्रिया पूरा गर्न पाउनेछन्।

निर्वाचन आयोगमा पहिला दर्ता भएका दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दर्ता गराउनुपर्ने प्रावधान रहेको छ। आयोगमा हाल कुल १३४ दल दर्ता भएका छन्। मंगलबारसम्ममा ८० दलले मात्र दल दर्ता गराइसकेका छन्।

निर्वाचनमा भाग लिन इच्छुक दलहरूले तोकिएको समयभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने आयोगले सचेत गराएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here