34.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

फेरि घट्यो इन्धन मूल्य: डिजेल र मट्टितेलमा राहत, पेट्रोल जस्ताको तस्तै

कात्तिक,१५ काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

शुक्रबार बसेको निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य गएराति १ बजेदेखि लागू गरिएको छ। पेट्रोलको मूल्य भने यसपटक यथावत राखिएको छ।

यस्तै, निगमले हवाई इन्धन (आन्तरिक उडानका लागि) प्रतिलिटर एक रुपैयाँले बढाएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर सातले वृद्धि गरेको जनाएको छ।

निगमका अनुसार, हालै इण्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु ०.०३ ले बढेको, हवाई इन्धनमा रु ०.८६ ले बढेको, र डिजेलमा रु १.१९ ले घटेको देखिएपछि मूल्य समायोजन गरिएको हो।

निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले डिजेल र मट्टितेलमा कमी गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here