34.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

काभ्रेपलाञ्चोकमा पहिरोले बीपी राजमार्ग अवरुद्ध, सडक अझै खुलेको छैन

कात्तिक,१५ काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सडक अझै पनि सञ्चालनमा आउन सकेको छैन।

शुक्रबार बिहानदेखि निरन्तर परेको वर्षाका कारण राजमार्गका विभिन्न भागमा पहिरो र लेदोले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशीलगायतका स्थानमा पहिरो र लेदोका कारण सडक पूर्णरूपमा बन्द भएको छ।

माम्तीको तल्लो भेगमा गत असोजमा सडक बगेर बनेको डाइभर्सनमा लेदो र बाढी पसेको हुँदा अवरोध हटाउन थप समय लाग्ने अनुमान गरिएको छ।

राजमार्ग अवरुद्ध भएकाले पूर्वतर्फ जाने सवारीहरू काभ्रेको भकुन्डेमा रोकिएका छन् भने पूर्वबाट काठमाडौं फर्किने यात्रुहरू पनि मार्गमै अलपत्र परेका छन्।

प्रहरीले सडक सञ्चालनमा ल्याउन डोजर र प्रहरी टोली परिचालन गरिए पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाएको छ।

प्रहरी निरीक्षक कार्कीका अनुसार, सडक सञ्चालनमा आउन अझ केही समय लाग्ने भएकाले यात्रुहरूलाई सडकको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here