काठमाडौँ,०९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई कारबाही गरिने प्रतिबद्धता जनाएकी छन् ।
बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएकी हुन ।
उनले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताइन् ।

