29.1 C
Birgunj
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
spot_img

वीरगंजका युवाहरुद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

वीरगंज,०४ असोज । जेन–जी आन्दोलनकारी समूह पर्साको एक टोलीले अन्तरीम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्ना मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

ध्यानाकर्षण पत्रमा पछिल्लो समयमा देशका विभिन्न भागमा आन्दोलन भइरहेकाे र नेपालको प्रवेशद्वारका रूपमा चिनिने वीरगंजका प्रत्येक राजनीतिक परिवर्तनमा अग्रपंक्तिमा रहेको उल्लेख गरिएको छ।

पत्रमा जेन–जी आन्दोलनकारीलाई विभिन्न पक्षबाट धम्की दिने, झुठा मुद्दा लगाएर फसाउने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै, आन्दोलनमा घुसपैठको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरिएको छ।

त्यस्तै पत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने, राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा शिक्षित व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने, दलिय पेशागत सङ्गठन खारेज गर्नुपर्ने, अख्तियारको स्थानमा नागरिक आयोग गठन गर्नुपर्ने र निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने माग राखिएको छ।

सो अवसरमा सुधीर पटेल, बीरेन्द्र कण्ठ, महादेव कुर्मी, वसिम शेख, सन्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव र मुकेश यादवलगायतका युवाहरूको सहभागिता थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here