40.8 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

सिन्धुली कारागारबाट ४७१ फरारमध्ये २५४ कैदी फर्किए

काभ्रेपलाञ्चोक,०१ असोज । सिन्धुली कारागारबाट फरार भएका ४७१ कैदीमध्ये २५४ जना पुनः कारागार फर्किएका छन्।

गत भदौ २५ गते आगजनी र तोडफोडपछि कैदीहरू सामूहिक रूपमा फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार फर्किएका मध्ये धेरैजसो आफैं उपस्थित भएका हुन् भने केहीलाई सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छन्।

काभ्रेलगायतका जिल्लामा गरिएको खोजी क्रममा २ कैदी काभ्रे प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बाँकी फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

कारागार स्रोतका अनुसार फर्किएका कैदीमध्ये धेरैले असामान्य परिस्थितिका कारण भाग्न बाध्य भएको बताएका छन्। साथै, कारागारलाई पुनः सामान्य अवस्थामा ल्याउने, बाँकी फरारलाई खोजी गर्ने र भविष्यमा यस्ता घटना नदोहरिने उपाय खोज्ने कार्य प्राथमिकतामा राखिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here