29.5 C
Birgunj
Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
spot_img

गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

काठमाडौं । जेनजी आन्दोलन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।

जेनजीहरूले सोमबार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि देशभरका विभिन्न स्थानमा झडप भएको थियो। घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्।

घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएको मन्त्रीस्तरीय स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद् बैठकले उक्त घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

सरकारका अनुसार, छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको टिओआर तय भइसकेको र छानबिन निष्पक्ष हुने सरकारको दाबी छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here