38.8 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

समाजवादी प्रेस संगठन नेपालको चौथो स्थापना दिवसमा वीरगंजमा प्रभातफेरी तथा कोणसभा सम्पन्न

वीरगंज,१० भदौ । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगंजमा प्रभातफेरी निकालेको छ । संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगंजको घण्टाघरबाट शुरु भएको प्रभातफेरी माईस्थान, महाविरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले पार्टी पत्रकारहरुको साथमा रहेको बताउनुभयो । आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउँदै उहाँले मिडिया विरोधी विद्येयक र कानुन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रेस अभिव्यक्ति स्वतन्त्रताको विरोधमा राज्यले चालेका कदमको निन्दा गर्दै सरकारले ल्याउन लागेको प्रेसविरोधी विद्येयक स्वीकार्य नहुने अडान राख्नुभयो ।

प्रेसमाथि निरन्तर प्रहार भइरहेको बताउँदै उहाँले मिडिया मैत्री राज्य निर्माणका लागि सबै पत्रकार एकबद्ध हुनुको विकल्प नरहेको बताउनुभयो । कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले मिडियालाई दर्ता र नविकरण प्रशासन मातहतमा राख्ने प्रावधानप्रति असहमती व्यक्त गरेका थिए । साथै सूचना विभागमा हुने कार्य रोकिएको र प्रशासनबाट पनि काम नहुँदा पत्रकारहरु मारमा परेको वक्ताहरुको भनाई थियो ।

0सो अवसमरा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगंज, मधेश दृष्टि र टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुब साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजिवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here