13.1 C
Birgunj
spot_img

अशेश्वर पटेलको नेतृत्वमा कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ पर्सा पुनर्गठन

वीरगञ्ज, पर्सा — नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ, पर्साको नेतृत्वमा अशेश्वर पटेल चयन भएका छन्।

शनिबार वीरगञ्जको ज्योतिनगरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा सम्पन्न भएको पहिलो जिल्ला भेलाबाट  कार्यवाहक अध्यक्ष रहेका पटेललाई सर्वसम्मत बाट अध्यक्षमा चयन गरेको हो।

कार्यक्रममा  नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष रामनारायण प्रसाद कुर्मी प्रमुख अतिथि रहेका थिए।

ज्योतिनगरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा पटेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा सुबोध कुमार श्रीवास्तव, महिला उपाध्यक्षमा रोशनी श्रेष्ठ, सचिवमा राजेश कुमार, सहसचिवमा पुस्प राज यादव, कोषाध्यक्षमा सोनालाल मंडल र सदस्यहरूमा दिलिप कुमार दासलगायत रहेका छन्।

सो भेलामा पार्टीका प्रवक्ता रामेश पाण्डे, प्रकाश उपाध्याय, म. साहबुदिन, अनिरुद्ध प्रसाद सिंहलगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

आज सम्पन्न भएको भेलाले खेलकुद क्षेत्रको विकास, संघको सशक्तीकरण तथा युवा सहभागिता बढाउने विषयमा ठोस योजना बनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here