16.4 C
Birgunj
Homeसमाचारपत्रकार महासंघ पर्साका नवनिर्वाचित कार्यसमितिहरुलाई प्रमाणपत्र वितरण

पत्रकार महासंघ पर्साका नवनिर्वाचित कार्यसमितिहरुलाई प्रमाणपत्र वितरण

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण बुधबार सम्पन्न भएको छ । पत्रकार महासंघको सभाकक्षमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष ओम प्रकाश खनाल लगायतका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएको थियोे ।

 

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खनालले साथीहरूको अपेक्षा र अग्रजहरूको आग्रहलाई अब कसरी मिलाएर लैजाने त्यसको भार मलाई अहिलेदेखि नै महशुस भएको बताए । उनले चुनावको बेला हामी सम्पूर्ण साथीहरु एक अर्काको प्रतिस्पर्धी रहे पनि अहिले चुनाव सम्पन्न भइसकेकोले मिलेर महासंघलाई नयाँ उचाईमा पुर्याउने वताए ।

 

त्यस्तै धेरै वक्ताहरुले अब पत्रकारहरुमा शुद्धिकरणको समय आएको बताएका छन् । पछिल्लो समय वीरगंजमा पत्रकारिता धेरै बिग्रिदै गएको छ, पत्रकारको नाममा दलाली बढी भइरहेको छ । त्यसकारण यो शुद्धिकरण जरुरी रहेको बताएका हुन ।

गत मंसिर २८ गते सम्पन्न भएको निर्वाचनमा महासंघकाे उपाध्यक्षमा भूषण यादव, निलिमा पौडेल, सचिवमा विजय चौहान, सहसचिवमा एसके चौरसिया, अजयकुमार चौरसिया र कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र निर्वाचित भएका छन् । त्यसैगरी महासंघ  पर्साको सदस्यमा कमला भण्डारी, अजितकुमार भुजेल, आरोहण साह, तिवारी यादव, राहुल गुप्ता, श्याम  कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेन्द्र झा निर्वाचित भएका हुन ।

नेपाल पत्रकार महासंघ पर्साका मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंंघका नवनिर्वाचित केन्द्रिय सचीव अशोक तिवारी, पुर्व सचिव दिपेन्द्र चौहान, प्रेस काउन्सिलका सदस्य लालबाबु शेख लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here