बिनोद पटेल
पर्सा बिरगंज,१ माघ ।
वीरगञ्जका पुराना पत्रकार एवं राजनीतिकर्मी स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको क्रियाशील पत्रकारिता पुरस्कारबाट वीरगन्जका कृयासिल पत्रकार बृजलाल पासवानले पाएका छ्न ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार महासंघको कार्यालयमा एक कार्यक्रम आयोजना गरि पत्रकार पसवानलाई सम्मानित गरिएको हो । सो कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम् पुर्ब मन्त्री अजय चौरसियाले नगद ५० हजार राशी भएको चेक सहित कदरपत्रबाट पत्रकार पासवानलाई सम्मानित गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले राजनीतिक बाहेक पत्रकारिता क्षेत्रमा स्वर्गीय गोपाल गिरीको निष्ठापूर्ण योगदान रहेको उनले चर्चा गर्नु भएका थिए ।पुरस्कृत कृयाशिल पत्रका बृजलाल पासवान राष्ट्रिय सहारा दैनिक पत्रीका का कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् । नेपाल पत्रकार महासंघको पर्साको बैठकले उक्त राशीको पुरस्कार पासवानलाई नै दिने यस अघिको बैठक बाट नै निर्णय भएको थियो ।
पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, पर्सा महासंघका पुर्व अध्यक्ष अशोक तिवारी ,स्व. गिरीका सुपुत्र गिरिश गिरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक किशन कर्माचार्य लगायतकाले पुरस्कृत पासवानलाई बधाई दिएका थिए ।
स्व. गोपाल गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष भएका थिए । वाहा तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको मनोनित मेयर मा रहँदा उनलाई २०६० साल माघ १ गतेका दिनमा तत्कालिन माओवादीले गोपाल गिरीलाई गोलिहानी हत्या गरिएको थियो । स्वर्गीय गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार निरन्तर वितरण गर्दै आएको पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपतिवारीले बताएका थिए ।
यसअघि वीरगञ्जका पत्रकार शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव लगाएतका कृयाशिल पत्रकार्हरु सम्मानीत भैईसकेका छन् ।