37 C
Birgunj
spot_img

बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सवार रहेको गाडीमो तोडफोड भएपछि स्थित तनाव ग्रस्त बनेको थियो।

नगर प्रमुख किशोरी साहले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोज्दा आन्दोलनकारीहरुसित बिबाद भएको थियो। सोही बिबादको क्रममा प्रहरीले गोली चलाएको तथा गोली लागेर एक जनाको मृत्यु भएको छ।

मृतकको भने अहिलेसम्म पहिचान नभएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले चलाएको गोलीबाट घटनास्थलमै एकनाको मृत्यु भएको बताइएको छ ।

नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा हवाइफायर तथा अश्रुग्यास प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।

बिगत पाँच महिनादेखि सिम्रोनगढ नगरपालिकाका कर्मचारीले तलब नपाउँदा उनीहरु आन्दोलनरत छन् ।नगरपालिकाको गेटमै बसेर उनीहरु नगरपालिकाको कामकाज ठप्प पारेर आन्दोलन गर्दै आएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here