27.4 C
Birgunj
Homeसमाचारस्थानियसर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौँ — सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को बैठकले मंगलबार सिफारिसमा गरेकाहरूमा सारङ्गा सुवेदी,अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना,सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

सिफारिसमा परेकाहरू मध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् । पोखरेल नेपाल बारका पूर्वमहासचिव हुन् । उनी कांग्रेसनिकट हुन् । ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् । उनी एमाले निकट कानुन व्यावसायी हुन् । सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् ।सभार ई कान्तिपुर डट्कम बाट
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here