23.6 C
Birgunj
Homeखेलकुदप्रथम वीरगंज गोल्डकप : नेपाल पुलिस क्लब फाईनलमा

प्रथम वीरगंज गोल्डकप : नेपाल पुलिस क्लब फाईनलमा

वीरगंज पर्सा, १६ कात्तिक ।

भेट्रान सिटी क्लब, वीरगंजकाे आयोजनामा यहि कार्तिक १८ गते शनिबारदेखि हुनलागेकाे प्रथम वीरगंज गोल्ड कप फुटबल प्रतियोगिता – २०८० को सम्पुर्ण तयारी पुरा भएकाे छ । आयाेजक क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै वीरगंजस्थित आर्दशनगर रंगशालामा हुन् गईरहेको प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे छ ।

पत्रकार सम्मेलनमा वाेल्दै कल्बका महासचिव पंकज श्रेष्ठले प्रतियोगिताको मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन एवम् खेलको विकास “सँगै धरायसी हुन् लागेको फुटबल खेललाई निरन्तरता दिनु रहेकाे वताए । उनले मधेश प्रदेश कै सर्वाधिक धनराशी भएको यो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराए । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त कलबहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको उनले वताए ।

उनका अनुसार कार्तिक १८ गते शनिबारदेखि सुरु हुने प्रतियाेगिता कार्तिक २५ गते सम्पन्न हुने छ । प्रतियाेगिता प्रत्येक दिन दिउँसो २:०० बजेदेखि सुरु हुने छ । प्रतियाेगिताकाे प्रथम पुरस्कार रु ११ लाख ११ हजार एक सय ११ र दाेस्राे पुरस्कार रु ५ लाख ५५ हजार ५ सय ५५ रहेकाे छ । प्रतियाेगितामा प्रत्येक दिन म्यान अफ द म्याच सहितकाे विद्यागत पुरस्कारको व्यवस्था समेत गरिएकाे छ ।

प्रतियाेगितामा त्रिभुवन आर्मी कल्ब (काठमाण्डौ), नेपाल पुलिस कल्ब (काठमाण्डौ), संकट कल्ब (काठमाडौ) एपिआई पावर चर्च वाइज युनाइटेड (नवलपरासी), झापा एफ.सी. (झापा) सहितका ८ वटा टिमहरुकाे सहभागिता रहने छ । प्रतियोगिताकाे कुल लगात रु ८० लाख रहेकाे छ भने प्रतियाेगिता हुने रंगशालाकाे दर्शक क्षमता करिब ५ हजार रहेकाे छ । प्रतियाेगितामा प्रति व्यक्ति रु एक सय र सिजनल टिकट रु एक हजार सिजनल टिकट रहेकाे छ ।

प्रतियाेगिता अन्तर्गत कार्तिक २४ गते नेपाल भारतका महिला फुटबल टोलीद्वारा एकदिने मैत्रीपूर्ण रोमान्चकारी फुटबल प्रतियोगिताको प्रदर्शन गरिने समेत आयाेजकले जनाएकाे छ । प्रतियाेगिता आयाेजनाकाे लागि वीरगंज महानगरपालिका लगायतकाे सरकारी तथा निजि संघ/संस्थाहरुले सहयाेग गरेका छन् ।

क्लबका अध्यक्ष सबिन बस्नेतकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष राेशन श्रेष्ठ, प्रथम उपाध्यक्ष सागर सम्शेर राणा, काेषाध्यक्ष सुबाेध श्रीवास्तव लगायतकाे सहभागिता रहेकाे थियाे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here