15.7 C
Birgunj
Homeखेलकुदप्रथम वीरगंज गोल्डकप पहिलो दिनको खेलमा आयोजक टिम ३-१ गोलले विजयी

प्रथम वीरगंज गोल्डकप पहिलो दिनको खेलमा आयोजक टिम ३-१ गोलले विजयी

वीरगंज पर्सा, १८ कात्तिक ।

वीरगंजको आदर्शनगर रंगशालामा शनिबारदेखि शुरु भएको ‘प्रथम वीरगंज गोल्डकप’ को पहिलो खेलमा आयोजक टिम भेट्रान्स सिटि क्लब १ को विरुद्ध ३ गोलले विजयी भएको छ । ट्राइबेकरमा आयोजक टिम भेट्रान्स सिटि क्लबले १ को विरुद्ध ३ गोल हानी जीत हात पारेको हो । मधेश प्रदेशकै उच्च धनराशीको ‘प्रथम वीरगंज गोल्डकप’को पहिलो दिनको खेलमा आयोजक टिम भेट्रान्स सिटी क्लब वीरगंज र भारत नोयडाको एफसीआई नर्थ जोन फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो ।

डेढ घण्टा अर्थात ९० मिनेटका खेल अवधिमा कुनै पनि टिमले गोल हान्न नसकेपछि ४-४ वटा ट्राइबेकर (पेनाल्टी) हानिएको थियो । जसमा भेट्रान्स सिटी क्लबले ४ पेटाल्टीमा ३ गोल गरेको थियो भने एफसीआई नर्थ जोन फुटबल टिमले ४ पेनाल्टीमा १ गोल मात्रै हान्न सफल भएको थियो । गोल्डकप ७ दिनसम्म चल्नेछ भने भारतका २ र नेपालका ६ वटा गरि ८ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशी पाउने छन् ।

पहिलो दिनको खेल उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्र विकासको लागि महानगर सधैं तयार रहेको बताएका छन् । उनले वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वरभूमि बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि आदर्शनगर रंगशालाको पुनः निर्माण गरिएको भन्दै नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताए ।

वीरगंज महानगरपालिका मुख्य प्रायोजक तथा भेट्रान्स सिटि क्लब आयोजक रहेको यस गोल्डकपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब काठमाडौँ, एपीआई पावर चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ.सी., क्लाईभ हाउस दमदम कोलकाता, एफसीआई नर्थ जोन फुटबल टीम नोयडा र आयोजक भेट्रान्स सिटी क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् । यस गोल्डकपको अनुमानित लागत ८० लाख रुपैयाँ रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here