जनकपुरधाम/१२ असोज
नेपाली काँग्रेसको भातृ संगठन सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेशको प्रमाणपत्र वितरण तथा प्रथम बैठक मधेश प्रदेशको पार्टी कार्यालय जनकपुरधाममा सम्पन्न भएको हो।
सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख प्रमुख नितेस कुमार गुप्ताको अध्यक्षता तथा नेपाली काँग्रेस मधेश प्रदेश सभापति तथा संसदीयदलका नेता मधेश प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णा प्रसाद यादवको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस मधेस प्रदेशका उप-सभापति तथा मधेश प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंह मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री महम्द समिम,नेपाली काँग्रेस मधेश मधेश प्रदेश सदस्य नागेन्द्र साह,नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा प्रशिक्षण बिभाग प्रमुख चन्द्र शेखर यादव,भौतिक पुर्वाधार बिकास मन्त्रीका मुख्य सचिव सन्तु प्रसाद यादव,नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यनारायण श्रेष्ठ,नेपाली काँग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापा,ने.बि.संघ का पुर्व सह महामन्त्री मिथलेश मिश्र लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्यमा नेपाल प्रेस युनियन मधेश प्रदेश का अध्यक्ष सत्यनारायण श्रेष्ठ,सुचना संचार तथा प्रचार प्रसार विभाग हरेक पालिका पालिकामा गठन गर्नु पर्ने बताएका थिए। त्यसतै मन्तव्यको क्रममा ने.बि.संघ का पुर्व सह महामन्त्री मिथलेश मिश्रले पार्टी गत सुचना लगायत सामाजमा भएकोले घटनाहरूको वारेमा उजागर गर्ने बताएका थिए। त्यसतै मन्तव्यको क्रममा नेपाली काँग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापाले भनिन हामिले सम्प्रेषण गर्ने समचार सहि छ कि छैन त्यस तर्फ सजग भएर सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गरेकि थिइन कि कुनै किसिमको सामाजिक उथलपुथल नहोस भनेर बताएकि थिइन। त्यसतै मन्तव्यको क्रममा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री महम्द समिमके भने सुचना संचार तथा प्रचार प्रसार विभाग लाइ कुनै किसिमको चाहिने सामग्री म उपलब्ध गराउने तयार छु र निर्धक भएर भयरहित वातावरणमा निश्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। त्यसतै मन्तव्यको क्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा प्रशिक्षण बिभाग प्रमुख चन्द्र शेखर यादवले भने पत्रकार राज्यको चौथो अंग भएकोले पहिला पनि आज पनि जुन किसिमको समाचार सम्प्रेषण गर्नु भएको थियो त्यसतै आज पनि कसैको डर धाक नमानी सत्य तथ्य समचार सम्प्रेषण गर्नु भनेका थिए। त्यसतै मन्तव्यको क्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा मधेश प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंहले भने पार्टीको समाचार सम्प्रेषण लगायत समाजमा भएका गतिविधिको बारेमा पनि सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। साथै नेपाली काँग्रेसले नै मधेशको आन्दोलनको समस्या हल गर्ने बताए।
सुचना संचार तथा प्रचार प्रसार विभागको पदाधिकारीको प्रमाणपत्र नेपाली काँग्रेस मधेश मधेशका सभापति तथा मधेश प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णा प्रसाद यादवले जालपाना कुमारी खरदार,राहुल गुप्ता,निलिमा पौडेल,सजिर मंसुर, अंजली गुप्ता,सिकेन्दर पासवान,रोसन कुमार साह,हदिद खुदार, संतोष सिंह,संदिप,सागर हुमागाई,प्रभात कुमार झा, राजेश्वर पाण्डे,निरंजन कुमार साििह,सुधा देबी,ललिता साह,जयनारायण यादव,श्रीकान्त गुप्ता,प्रकास कुमार श्रेष्ठ,कमल साह,सन्जु यादव,दयाराम यादव, मोहनराज जयाउलहक लाइ प्रमाणपत्र बितरण गरिएको थियो।
प्रमाणपत्र बितरण पश्चात सुचना संचार तथा प्रचार प्रसार विभागको पहिलो बैठकबाट प्रस्ताव १: मा नेपाली कांग्रेस मधेस प्रदेशको छुटै पार्टीको आधिकारिक Weside
निर्माण गर्न माध्यम कमिटीलाई आफ्नो facebook बनाउन निर्देशन दिने सम्बन्धमा ।प्रस्ताव २: मा मधेस प्रदेशको नाममा अनधिकृत रूपमा सचालित facebook page aGb
गराउन निर्णय गर्ने सम्बन्धमा ।प्रस्ताव ३:मा मधेस प्रदेशका प्रेस युनियनको समन्वयमा प्रदेश स्तरीय २ दिने परिक्षण कार्यक्रम गर्न प्रचारप्रसार व्यापक बनाउन निर्णय गर्ने सम्बन्धमा ।प्रस्ताव ३ :मा नेपाली कांग्रेस मधेस प्रदेशको कार्यहरू र कामकारबाही सम्पूर्ण जनप्रतिनिधिको
कामकारबाही बारेमा बुलेटिन तयारी समिति गठन सम्बन्धमा।
प्रस्ताव :४ विविध निर्णय गरको हो।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेस मधेश प्रदेशका सभापति तथा संसदीयदल का नेता मधेस प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णा प्रसाद यादवले भने प्रजातन्त्र देखि लिएर आज सम्म नेपाली काँग्रेस ले संबिधान निर्माण गर्न लगायत संबिधान जारि गर्ने सम्म नेपाली काँग्रेसले लड्दै आइरहेको बताए। साथै समाचार सम्प्रेषण गर्दा यथार्थ कुरा बुझी सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। साथै सम्पुर्ण सुचना संचार तथा प्रचार प्रसार विभागका पदाधिकारीहरु निर्धक भएर सत्य तथ्य समाचार संकलन गर्न र सम्प्रेषण गर्न आग्रह गर्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए साथै कार्यक्रम लाइ समापन गर्दै सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख नितेश कुमार गुप्ताले भने आजको प्रमाणपत्र बितरण तथा पहिलो बैठकमा आफनो उपस्थिति जनाइदिनुहुने सम्पुर्ण पदाधिकारीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सुचना संचार तथा प्रचार प्रसार विभागको सचिव निकेश त्रिपाठीले गरेका थिए।