36.2 C
Birgunj
Homeसमाचारस्थानियनेपाली काङ्ग्रेसकाे 'विशेष आन्तरिक अभियान' पर्सा जिल्ला मा सुरु

नेपाली काङ्ग्रेसकाे ‘विशेष आन्तरिक अभियान’ पर्सा जिल्ला मा सुरु

बिरगंज साउन ।

नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गते सम्म “विशेष आन्तरिक अभियान” चलाउने केन्द्रीय परिपत्र अनुरुप पर्सा जिल्लामा आज पर्सा जिल्लामा पनि कार्यक्रम भएको छ । सो कार्यक्रममा पर्सा जिल्लामा अभियानलाई सफल बनाउन प्रतिनिधिको रुपमा आएका नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री महेन्द्र यादवको प्रमुख अतिथिमा बसेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रिय सह-महामन्त्री महेन्द्र यादवले अबको दिनमा नेपाली कांग्रेसलाई एक ढिका बनाएर लैजान बताए । नेपाली कांग्रेस गुट-उपगटको कारण कमजोर हुँदै गएको ले अहिके सम्पुर्ण नेपाली कांग्रेसका नेता कार्यकर्तालाई समेटेर बलियो पार्टी बनाउने बताए।आउने दिनमा पार्टीलाई फुल बहुमतले बिजय गराउने उदेश्यले देश भरी नेपाली कांग्रेसले विशेष आन्तरिक अभियान कार्यक्रम चलाएको बताए ।

आज भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका अध्यक्ष एवम प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अजय चौरसिया,प्रदेश प्रतिनिधि उपेन्द्र जैसवाल,प्रदेश सभा सदस्य शंकर चौधरी,प्रदेश सभा सदस्य श्याम पटेल,नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मी,अशोक कुमार गुप्ता,पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा,कार्यवाहक क्षेत्र न. १ को क्षेत्रीय सभापति अनिल कुमार सिंह,किरण सरकारको उपस्थिति रहेको थियो ।

आज भएको बैठक कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले सहजीकरण गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here