21.5 C
Birgunj
Homeसमाचारस्थानियज्वालादल गण बारा को संयोजक्तव तथा एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल को...

ज्वालादल गण बारा को संयोजक्तव तथा एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल को सहयोग मा बृहत स्वास्थ्य जाँच  शिविर

बारा कलैया, ३० वैशाख । नेपाली सेना श्री मध्य पुर्बी पृतना हेड्क्वाटर को मार्गनिर्देशन तथा २८ नम्बर बाहिनी अड्डाको पहल र ज्वालदल गण बारा को  संयोजक्तव तथा एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल प्रा. लि. को सहयोग मा बृहत  निःशुल्क स्वास्थ्य जाँच  शिविर सम्पन्न भएको छ । एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल प्रा. लि बाराको सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य जाँच शिविर कंन्काली माध्यमिक बिधालय को परिसरमा भएको स्वास्थ शिबिर मा महिला र पुरुष गरि १ हजार २५ जनाको निःशुल्क चेकजाँच तथा नि: शुल्क औषधि समेत बितरण  गरिएको श्री ज्वालदल गण  का सेनानी कृष्ण कुमार श्रेष्ठले जनकारी गराएका थिए ।

स्वास्थ्य जाँच शिविरमा बरिष्ठ फिजिसियन डाक्टर अजय गुप्ता वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. एनि पाण्डे , डा. तरनुम अफरोज, मेडिकल अफिसर

डा.आमिर हुसेन डा. मनोहर हवारी  गुप्ता, साबित्रा आधिकारी लगाएतकाको टोलीले शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।नेपाली सेना का मध्य पुर्बी पृतना हेड्क्वाटरको पृतनापति उपरथि प्रेम ध्वज अधिकारीले नि: शुल्क स्वास्थ शिबिर को उद्घघाटन गरेका थिए। दक्षीण सिमा सङ्ग जोडिएको यस भेगकाव  नागरिकहरु स्वास्थ चेकजाँच गर्नकालागी अनयन्त्र जानुपर्ने बाध्यतालाई ध्यान मा राखी नेपाली सेनाले बिभिन्न संघ संस्थाहरु सङ्ग सहकार्य गरि शिबिर संचालन गरेको पृतनापति प्रेम ध्वज अधिकारीले बताए। सनिवार सम्पन्न भएको शिबिर मा सिम्रौनगण नगरपालिका को कार्यालय प्रादेशिक अस्पताल कलैया र परवानीपुर ५ नौतन बारा मा रहेको एल.एस. न्युरो एन्ड जेनरल होस्पिटल को सहयोगमा नि: शुल्क स्वास्थ शिबिर कार्यक्रम संचालन भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here