14.6 C
Birgunj
Homeसमाचारप्रदेशनागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनलाई न्याय दिन सांसद् यादवको माग

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनलाई न्याय दिन सांसद् यादवको माग

बिरगंज, बैशाख २४।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका सांसद् यादवले नागरिकता विहीनहरूको पीडा अरुले महसुस गर्न नसकेको भन्दै विधेयकलाई अगाडि बढाएर उनीहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

‘नागरिका विहिनहरुको पिडा उनीहरुलाई मात्र थाह होला । बुवा र आमा नेपाली नागरिक तर सन्तान अनागरिकब भएका छन् । कुन कानूनले अनागरिक बनाएको छ ?,’ उनले प्रश्न गरे,

 

संविधानमा स्पष्ट रुपमा आमा बुवाका नेपाली नागरिक भएको खण्डमा सन्तानलाई पनि वंशजको नेपाली नागरिकता दिनुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वराष्ट्रपतिले नागरिकता विधेयकलाई होल्डमा राखेर अन्याय गरेको यादवको भनाई थियो ।

सांसद्ले दुई पटकसम्म पूर्व राष्ट्रपति समक्ष नागरिकता विधेयक पास नगरी होल्ड गरेको बताउँदै उनले भने, ‘एक पटक होइना दुई-दुई पटकसम्म नागरिक विधेयक संसद्बाट पास गरेर पठाउँदा तत्कालिन राष्ट्रपतिले होल्डमा राख्नुभयो । प्रमाणीकरण गर्नुभएन,’ पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् यादवले भने, ‘की त संसद्लाई फिर्ता पठाउनु पर्थ्यो तर उहाँले होल्डमा राखेर संसद्लाई जानकारी पनि गराउनु भएन । आफैसँग राख्नुभयो ।’

नागरिकता विधेयक अहिलेपनि राष्ट्रपति कार्यालयमै भएको कारण वर्तमान राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेर नागरिकताविहिनलाई न्याय दिनुपर्नेमा उनले जोड दिए ।

यसअघि संसद्‍ले दुई-दुई पटकसम्म नागरिकता विधेयक पास गरिसक्दा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिँदा विधेयक अगाडि बढ्न सकेको छैन ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here