27.4 C
Birgunj
Homeसमाचारप्रदेशबारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादवलाई जिताएरै पठाउने नेपाली कांग्रेस...

बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादवलाई जिताएरै पठाउने नेपाली कांग्रेस का कार्यकर्ताहरु को दाबी

गठबन्धनका नेताहरुले निरन्तर रुपमा प्रचार प्रसार तथा घरदैलो कार्याक्रम गरी रहेकाछ । यसैबिच गठबन्धनले शनिवार बाराको सवर्ण गाउँपालिका वडा नं. ६ मझरीयामा घरदैलो तथा वडा स्तरीय भेला सम्पन्न गरको छ । भेलामा पाँच दलिय गठबन्धनका नेपाली काग्रेस,लोसपा,नेकपा एकिकृत समाजवादी पार्टी,माओवादी केन्द्रका नेता कार्यकर्ता एवं स्थानिय आम नागरिकहरुको सहभागीता रहेको थियो ।

नेकपा माओवादी केन्द्रका नेता शिवधारी तत्वाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादव, जसपाका केन्द्रिय सदस्य रामकिशोर यादव,बच्चा यादव,प्रकाश चौलागाई,सोभा साह,उषा यादव,शिला साह, नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्नु साह,रामएकवाल नेकपा एसका नेता दिनानाथ सहनी,जिल्ला समन्वय समिति बाराका सदस्य चन्देश्वर यादव, रामसागर यादव लगायतका नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले गठबन्धनमा पुरा इमन्दारीता रहेको चर्चा गर्दै उपेन्द्र यादवलाई कसैले हराउन नसक्ने दावी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार एवं गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले मधेशलाई फोड्ने प्रयास अहिले पनि जारी रहेको चर्चा गर्दै भर्म नपर्न सबैलाई आग्रह गरे ।


संघीय गणतन्त्रको स्थापनाका लागि मधेशी सपुतहरुले ठूलो बलिदानी दिएको कारण यसलाई बचाउँनका लागि जिम्मेवार बन्न्ु पर्ने कुरामा यादवले जोड दिए । उनले ऐतिहासिक जनआन्दोलन,मधेश जनबिद्रोह तथा बिभिन्न खाले नागरिक आन्दोलनहरुबाट थुपै उपलब्धीहरु हासिल भएको चर्चा गर्दै अबको बाटो समाजवाद,समृद्धि र आर्थिक क्रान्तिको रहेको कुरामा जोड दिए । एक प्रसंङ्गमा उनले कुनै नेपाली बाहिरिया नहुने बताउँदै सिम्रौनगढ क्षेत्र ऐतिहासिक क्षेत्र रहेको र यहाँका जनताहरुले मलाई भोट हाल्नेमा ढुक्क रहेको बताए ।

त्यसैगरी आजै  गठबन्धनका उम्मेदवार यादवलाई जिताउँन नेपाली काग्रेस क्षेत्र नं. २ ले क्षेत्रिय भेला  सम्पन्न गरेको छ । बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिर छेवमा रहेको आँप बगैंचामा सम्पन्न भएको भेलामा नेपाली कांग्रेसका जिल्ला,क्षेत्र तथा प्रदेश स्तरीय नेताहरुको सहभागीता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै नेताहरुले गठबन्धन भित्र नेपाली कांग्रेस पूर्णरुपमा इमन्दार रहेको तथा केहीले भाजो हाल्ने प्रयास गरेपनि षड्यन्त्रहरु काम नलाग्ने दावी गरे । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्देश्वर प्रसाद यादवले संविधानलाई समाप्त गर्ने खेल खेलेकाहरुलाई निर्वाचनमा किन आउँनु भयो भनेर प्रश्न सोध्नु पर्ने धारण व्यक्त गरे । उनले मधेशी जनतालाई नागरिकताबाट बिन्चत गर्नेहरु,देश टुक्रयाउन खाज्नेहरु तथा बिदेशीका दलालहरुलाई जनताले चिनिसकेको बताए ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार उपेन्द्र यादवले ५ दलिय गठबन्धन भित्र मिलेर जाने सहमती भएको तथा शिर्ष नेताहरुले मलाई बारामा निर्वाचन लड्न जानु भनेर भनी सकेपछि उम्मेदवार भएको बताए । उनले देशमा अहिले गठबन्धनको आवश्यता रहेको तथा ५ दलिय गठबन्धन शक्तिशाली रहेको कारण बारा निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको जित हने र गठबन्धनको जित पुरै जनताको जित हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता तथा क्षेत्रिय भेलाका सभापति उपेन्द्र यादव उपनले शिचन्द्र कुहवाहा जग्गा कारोवारी रहेको र उनले थुपै सरकारी जग्गा तथा जनताको निज समेत हड्पेको दावी गरे ।

कुशवाहाले जनतालाई जहिले पनि दुःख दिएको तथा एक पटक निर्वाचन जितेपनि कुनै काम नगरेको जनतालाई थाह रहेको यादवले टिप्पणी गरे । उनले गठबन्धनको जित सुनिश्चित रहेको कारण निर्धक भएर छाता छापमा भोट हाल्न नेपाली कांग्रेसका कार्यकर्ता तथा नेताहरुले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here