30.8 C
Birgunj
Homeसमाचारस्थानियवीरगञ्ज महानगरले छुट्यायो गुठीको थप १५ विघा जग्ग

वीरगञ्ज महानगरले छुट्यायो गुठीको थप १५ विघा जग्ग

वीरगञ्ज, २४ चैत ।

वीरगंज महानगरपालिकाले गुठी संस्थानको अतिक्रमित जग्गामध्ये शुक्रबार थप १५ विघाभन्दा बढी जग्गा छुट्याएर किलाखुटी गाडेको छ ।

गुठी संस्थानको जग्गा खोज्ने अभियान अन्तर्गत शुक्रबार तेस्रो दिन १५ बिघा ४ कट्ठा १० धुर जग्गा सीमांकन गरेर किलाखुटी गाडेको हो ।

महानगरसँगै जोडिएको पर्सागढी नगरपालिका–४ को भेडाहा टोल र सबैया टांडीमा उक्त जग्गा नापजाँच गरेर सीमाङ्कन गरिएको गुठी संस्थान कार्यालय, पर्साका प्रमुख चुडामणि घिमिरेले बताउनु भयो ।

बुधबारदेखि सुरु भएको अभियानको तेस्रो दिनसम्ममा ३६ विघा १० कट्ठा १० धुर जग्गा छुट्याएर किलाखुटी गाड्न सफल भएको उहाँले जानकारी दिनु भयो ।
शुक्रबार सीमांकन गरिएको जग्गामा करिब ६० परिवारले पक्कि तथा टहरा बनाएर बसोबास गरिरहेका छन् ।

जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगञ्ज महानगरपालिकाले प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसहित महानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here