वीरगन्ज ,१७ चैत ।
वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बालबालिकाको समग्र विकास सम्बन्धि आज प्रदर्शनी गरेको छ ।
क्याम्पस परिसर मै क्याम्पसमा अध्ययनरत नर्सिङ तेस्रो वर्ष (१२ औं ब्याच) का विद्यार्थले प्रदर्शनी गरेका हुन् ।
बालबालिकाको समग्र विकास सम्बन्धि प्रदर्शनीको उदघाटन अस्पतालका अध्यक्ष डा.जैनुद्दीन अन्सारीले गरेका थिए ।
उदघाटन गर्दै डा. अन्सारीले प्रदर्शनीमा राखिएका बालबालिकाको समग्र बिकास सम्बन्धि समाग्रीको अवलोकन गरेका हुन् ।
बालबालिकाको बिकासका लागि विद्यार्थीहरु गरेको प्रदर्शनी सकारात्मक रहेको र यसलाई निरंतरता दिन बताएका थिए ।
बालबालिकाको समग्र विकास प्रदर्शनी कि कार्यक्रम संयोजक प्रमिला महतोले क्याम्पसका अध्यक्ष अन्सारीले अवलोकन गरेकोमा धन्यवाद व्यक्त गरिन ।
कार्यक्रममा डा. इसरत जहाँ ,अस्पताल निर्देशकडा. नुस्तर्त जहाँ ,एकेडेमिक निर्देशक, मार्केटिङ निर्देशक साहनवाज अन्सारी, प्रिन्सिपल डा. के.एन. सिंह, नर्सिङ क्याम्पसका उपप्राचार्य डा.बबिता सिंह लगायतको उपस्थिति रहेकोे थियो ।