वीरगंज । चितवनको सौराहामा आम संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना र वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा तीन दिने तालिम सुरु भएको हो ।
तीन दिने तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका पुर्व मध्यमान्चल संयोजक एवं वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार महेश दासले गरेका थिए ।
तालिमको उद्घाटन गर्दै दासले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ईतिहासमा पहिलो पटक जिल्ला बाहिर तालिमको व्यवस्था गरीएकाले यसलाई अवसरको रुपमा लिन सुझाव दिए ।
साथै उनले तिन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य महेश चन्द्र गौतम, प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका सह सचीव बिनोद पटेल सहितका पत्रकारहरु सहभागीता रहेको छ ।
शुक्रबारको तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डाक्टर महेन्द्र बिष्टले प्रशिक्षण दिनेछन । तिन दिने दक्षता अभिवृद्धि सम्बन्धी तालिममा नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष युवराज खड्का , शुष्मा शर्मा , कोषाध्यक्ष संजिव कुमार मिश्रा , सदस्य श्याम कुशवाहा , तिवारी यादव लगायत पर्साका करिब ३५ जना पत्रकारहरु सहभागिता रहेको छ ।