वीरगञ्ज,१७ फागुन । नेशनल मेडिकल कलेज मा अब नवजात शिशुहरुको लागी विषेश सेवा दिने उदेश्यले डिएम नियोनेटोलोजी ओपिडी सेवा सुरु गरेको छ।
मधेश प्रदेश मै पहिलो नेशनल मेडिकल कलेजले डिएम नियोनेटोलोजी ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।
नियोनेटोलोजी ओपिडी सेवाको आज एक कार्यक्रमका विच नेशनल मेडिकल कलेजका एमडी बसरुदिन अन्सारीले रिवन काटेर उद्धघाटन गर्नु भएको थियो ।
उद्धघाटन कार्यक्रम मा सम्बोधन गर्दै एमडी अन्सारीले मधेश प्रदेश मै हाम्रो वीरगञ्जमा पहिलो पटक नवजात शिशुहरुको लागी आवश्यक पर्ने विषेश सेवाहरु दिने उदेश्यले विषेशज्ञ डाक्टरको निगरानीमा रहने गरी डिएम नियोनेटोलोजी ओपिडी सेवा सञ्चालनमा ल्याएको उनले बताए का थिए । नियोनेटोलोजी ओपिडीका प्रमुख डिएम गरेका डाक्टर धिरेन्द्र प्रसाद यादवले समय भन्दा अगावै अथवा समय भन्दा ढिलो तथा जन्मेको एक महिना सम्मको बच्चाहरुको लागी स्पेशल केयर गर्नकोलागी यो ओपीडी सेवाबाट ठुलो मद्यत पुग्ने डाक्टर यादव आफनो अनुभव हरु राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले बारा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य अच्युत मैनालीले नेशनल मेडिकल कलेजले समय समयमा यस्तो स्तरीय सेवाहरु थप्दै तथा विस्तार गर्दै जादा मधेश प्रदेश कै पहिलो नेशनल मेडिकल कलेज हाम्रो सान रेहेको उनले खुशी व्यक्त गरे ।
कार्यक्रममा अस्पतालकी निर्देशक डाक्टर ईश्रत जहां अन्सारी, एडमिशन डाईरेक्टर डाक्टर आविद हुशैन अंसारी, अस्पतालका प्रध्यापक डाक्टर केएन सिंह,अस्पतालका प्रव्क्ता सेराज अहमद लगायतकाको उपस्थीती रहेको थियो ।