बिरगंज, २४ असोज ।
स्पर्श मल्टि स्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बीच अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरु, मधेश प्रदेशभित्र स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपुर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रीत परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा निश्चत छुट सुविधा उपलब्ध गराउने उद्धेश्यले सो सम्झौता भएको हो । असोज १३ गते स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज संग समझदारी पत्रमा सशस्त्र प्रहरी बल, नेपाल को १२ नम्बर गण बारामा आयोेजित छुट्टै कार्यक्रमहरुको बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । दुईपक्षिय सम्झौताका अनुसार ओपिडी सेवामा २० प्रतिशत, साधारण प्याथोलोजी जाँच, ल्यावको स्पेशल टेष्टहरुमा, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत, आईसियू, एनआईसीयू र एसी वार्डको बेड चार्जमा २५ प्रतिशत, एमआरआई र सिटि स्क्यानमा १५ प्रतिशत, ओटी सेवामा चिकित्सक पारिश्रमिक बाहेक १५ प्रतिशत लगायतको सेवामा अस्पतालले छुट उपलब्ध गराउने छ ।
सम्झौता पत्रमा हस्ताक्षर भएको मितिबाटै लागू हुने गरि ५ वर्ष सम्मको लागि रहने छ ।
साथै आउने दिनमा आपसी सहमति समझदारीमा पुनः निरन्तरता प्रदान गर्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।